जनता अभियान शनिबार, साउन ०६, २०८०

ललितपुरको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका-१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।
गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मृतक मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा र काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ रहेका छन्।
यहाँ कमेन्ट गर्नुहोस्