जनता अभियान बुधबार, साउन १०, २०८०

नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठक्कर हँदा ११ जना घाइते भएका छन्।
मंगलबार बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको जनाएको छ।
घाइते सबैको अवस्था सामान्य रहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्