करेन्ट लागेर लमजुङमा एक जनाको मृत्यु

जनता अभियान शुक्रबार, साउन १२, २०८०

लमजुङमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

मर्स्याङदी गाउँपालिका-६ दिङदिङ बस्ने ७३ वर्षीय लक्ष्मण अधिकारीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर लागेको आगो निभाउने क्रममा अचानक विद्युतको तारमा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

आगोले पोलेर सामान्य घाइते भएका अर्का एक जनाको स्वास्थ्य चौकी बाहुनडाँडामा उपचार भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्