जनता अभियान शुक्रबार, साउन १२, २०८०

मिटरब्याजी समस्या समाधानका लागि सरकारले कानुन राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको छ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेका हुन्।
दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको अनुचित लेनदेन मिटरब्याज सम्बन्धी व्यवस्था भएको सो विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।
सरकारले मुलुकी संहिता २०७४ मा मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा परिभाषित गर्दै वैशाख २० गते संशोधन अध्यादेश जारी गरेको थियो।
विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्ने लगायत मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न कुराहरू समावेश गरेको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो । असार ३१ मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई साउन १० गते राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ।