जनता अभियान शुक्रबार, साउन १२, २०८०

नेपाली कांग्रेस पार्टीनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित भएका छन्।
युनियनको विराटनगरमा शुक्रबार सम्पन्न निर्वाचनमा पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्।
सभापति शेरबहादुर देउवा समूहकी सुशीला पाठकलाई पराजित गर्दै पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
पौडेलले ६७ मत ल्याए। पाठकले ६१ मत प्राप्त गरिन्।
खुल्ला उपाध्यक्षतर्फ पौडेल समूहका प्रशान्त निरौला निर्वाचित भएका छन्।
निरौलाले ६७ मत ल्याए। देउवा समूहका जितेन्द्रनारायण ठाकुरले ५० मत पाए।
समावेशी उपाध्यक्षमा पौडेल समूहकै सोनुकुमार दास निर्वाचित भएका छन्।
दासले ७५ र अग्रवालले ५३ मत पाए।
सचिवमा पौडेल समूहकै गोपाल पोखरेल निर्वाचित भए। ८४ मत ल्याएर पोखरेल निर्वाचित हुँदा ४३ मत ल्याएर देउवा समूहका धिरज दाहाल पराजित भए। कार्यसमितिको प्राय: पदमा पौडेल समूहले जितेको छ।
प्रेस युनियन मोरङमा सहमतिको प्रयास विफल भएपछि समूह बनाएरै दुई टोली निर्वाचनमा होमिएका थिए।