समाचारको खण्डन

जनता अभियान बिहिबार, साउन १८, २०८०

यस जनता अभियान डटकमबाट गत वर्षको भदौ ११ गते सम्प्रेषण भएको समाचारमा तथ्यगत त्रुटी देखिएकाले खण्डन प्रकाशित गरिएको छ । गतल सूचनाको भरमा समाचार सम्प्रेषण गर्दा भएको त्रुटीलाई सच्याउँदै यो खण्डन छापेका हौं ।

त्यी समाचार देवानगन्ज गाउँपालिकाका तत्कालीन कर्मचारी र संवाददाताका विश्वसनीय स्रोतहरूले दिएको सूचनाका आधारमा सम्प्रेषण भएका थिए । जसलाई लिएर देवानगन्ज गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतले प्रेस काउन्सिलको आचारसंहिता अनुगमन शाखासमक्ष बुझाएको पत्र र काउन्सिलको निर्देशनमा यो खण्डन छापेका हौं ।

समाचारमा भनिएजसरी गत वर्षको भदौ १० गते देवानगन्ज गाउँपालिकाले सञ्चालन गरेको परीक्षा र विद्यालयमा आइसिटी सञ्चालनका लागि सामग्री खरिदमा अनियमितता भएको छैन । सो परीक्षा पारदर्शी प्रक्रियाबाट भएको पाइएको छ ।

साथै, आइसिटीको सामग्री खरिदमा गाउँपालिकाअन्तर्गत शिक्षा शाखाको कुनै संलग्नता रहेको छैन । ती सामग्रीहरू सम्बन्धित विद्यालयहरूले आफैं खरिद गरेको पाइएको छ ।

गलत सूचनाको शिकार बन्दा समाचारमा त्रुटी भएको छ । साथै, स्रोत र संवाददाताबीचको संवादलगायतका प्रमाणको पनि व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी साबित भएको छ । अबदेखि यस्ता सूचनामा आधिकारिक पुष्टि गर्ने र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्ने प्रतिबद्धतासहित प्रमाणहरू सुरक्षित राख्ने र आम पाठकमा भ्रम छर्ने खालका समाचार प्रकाशन नगर्ने बाचा गर्दछौं ।

-सम्पादक

यहाँ कमेन्ट गर्नुहोस्