देवानगन्ज गाउँपालिकाको सार्वजनिक सुनुवाइ बहिष्कार गर्ने घोषणा

विनोद मेहता शुक्रबार, साउन १९, २०८०

सुनसरीको देवानगन्ज गाउँपालिकाले शुक्रबार (आज) दिउँसो ३ बजे सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै छ । गाउँपालिकाले नै गर्नुपर्ने सार्वजनिक सुनुवाइ अर्कै संस्थाको आयोजनामा हुनलागेकाे लगायत नौबुँदे माग राख्दै विकासवादी युवा अभियानले कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।

नौबुँदे माग राखेर गत सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको जनाउँदै युवा अभियानले कार्यक्रम बहिष्कार गर्ने भएको हो ।

‘गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका भावना र आवाजलाई दबाउन खोजिएकाले हामी विकासवादी युवा अभियान र सम्पुर्ण युवाहरूले यस कार्यक्रमको बहिष्कार गर्दछौं,’ उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्