जनता अभियान बिहिबार, साउन २५, २०८०

साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा फाइनल प्रवेश गरेको हो ।
बुधबार भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० ले हराउँदै अल नासर उपाधि नजिक पुगेको हो । रोनाल्डोले लगातार चौथो खेलमा गोल गर्दै क्लबलाई फाइनलसम्म डोर्याए । उनले खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
पेनाल्टी क्षेत्रभित्र सेनेगलका स्टार साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टी पाएको थियो । बुधबार नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अल नासरसँग फाइनल भिडन्त पक्का गर्ने क्रममा अल हिलालले ३–१ को जित दर्ता गरेको हो ।
अल हिलालका लागि मोहमद कानोले नवौं मिनेटमा सुरुवाती गोल गर्दा इन्ज्युरी समयमा माल्कमले दोस्रो गोल गरे । गुस्टाभो क्वेलारले ५६ औं मिनेटमा गोल फर्काएपनि अल हमदानले अन्तिम मिनेटमा गोल थप्दै ३–१ को जित पक्का गरे ।
अरब कपको उपाधिका लागि साउदीका दुई शीर्ष टोलीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुई पटकको च्याम्पियन अल हिलालले २८ वर्षयता उपाधि जितेको छैन भने अल नासर पहिलो जितको खोजीमा छ ।