जनता अभियान बिहिबार, साउन ३२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक वेन तोङ, डीङ सेग्फा, ली-नेङकाई र टीयान मी रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ।
उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्