जनता अभियान बिहिबार, साउन ३२, २०८०

कञ्चनपुरको एक सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर एक जंगली हात्तीको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मरेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताका अनुसार हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए।
पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने वार्डेन मेहताको भनाइ छ।
यहाँ कमेन्ट गर्नुहोस्