जनता अभियान मंगलबार, भाद्र ०५, २०८०

आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नाताले हजुरबुबा ६५ वर्षीय बृद्ध छन्।
ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्षयता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ।
चार दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
पछिल्लो एक वर्षयता बालिकालाई पटक-पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जवेगुले बताए।
आरोपित व्यक्तिलाई हाडनाता जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्