जनता अभियान मंगलबार, भाद्र ०५, २०८०

चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ।
आज मङ्गलवार मलेसियाको वायुमास ओभलमा भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो।
नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन्। उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन्। यस्तै सीता राना मगर ३ रनमा नटआउट रहिन्।
राष्ट्रिय टिमकोओपनर पूजा महतोले १६ रन बनाउन् सफल भईन्। ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन्। कप्तान रूबिना क्षेत्री १० रनमा आउट भएकी थिइन्।
बलिङतर्फ हङकङकी मारयम बिबी, इक्रा सहर, मारिको हि,र केरी चानले १/१ विकेट लिइन।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भएको थियो।
हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन्। बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन्। यस्तै इन्दु बर्माले २ विकेट लिइन्।
शनिबारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत खेल्दैछन्।
नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ।