प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

जनता अभियान मंगलबार, भाद्र ०५, २०८०

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

मंगलबार भनिएको बैठक सूचना टाँसेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन हुन नसकेपछि बैठक स्थगित गरिएको बुझिको छ।

समिति गठनका लागि शीर्ष दलका नेताहरूको बैठक बस्न सकेको छैन। समिति गठन गर्ने सहमतिपछि नेकपा एमालेले संसद अवरोध नगर्ने भनेको थियो।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न दिएको थिएन।

समिति गठन गर्न राजनीतिक दलहरूबीच सहमति भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्