विनोद मेहता आइतबार, कार्तिक ०७, २०७८
झापाबाट तास र नगदसहित चार जुवाडे पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित जितेन्द्र शाक्यको घरबाट प्रहरीले चार जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नि राई, ४० वर्षीय लालबहादुर लिम्बू, ४५ वर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् ।
शनिबार राति ९ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । तीन बुङ तास, नगद एक लाख ७३ हजार पाँच सयसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनाउपर कानुनबमोजिम कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्