गाई काटेको अभियोगमा तनहुँमा तीन जना पक्राउ

जनता अभियान आइतबार, भाद्र १०, २०८०

गाई काटेको आरोपमा तनहुँमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-६ कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीन जना रहेका छन्।

प्रहरीले उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचना पाएपछि प्रहरी पुगेको थियो।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्