जनता अभियान बुधबार, भाद्र १३, २०८०

एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग नेपालले खेल्दैछ ।
पहिलो पटक एसिया कपमा पुगेको नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।
नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।
नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।
नेपालले एसिया कप खेल्ने आठौं टोली हो । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली हो । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ ।
आज नेपाल उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई सावित गर्न चाहान्छ ।
खेलअघि प्रि म्याच कन्फ्रेन्समा नेपालका कप्तान राेहित पाैडेलले पाकिस्तानसँगकाे खेल नेपालका लागि पर्व जस्तै भएकाे बताए । पाकिस्तानका कप्तान बाबर आजमले नेपाललाई कमजाेर रुपमा नलिएकाे बताए ।