जनता अभियान बुधबार, भाद्र १३, २०८०

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ।
तम्घासबाट बुटवल तर्फ छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहानपहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको छ।
दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्