जनता अभियान शुक्रबार, भाद्र २९, २०८०

पाल्पामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
रात्रिबस ब्रेकफेल भएर दुर्घटना भएको हो।
तानसेनदेखि काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको रात्रिबस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परेका २१ जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्