डडेल्धुरामा युवतीको सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ

जनता अभियान बिहिबार, आश्विन ०४, २०८०

डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २२, २३ र २८ वर्षका छन्। अर्का एक १८ वर्षीय किशोर भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

२० वर्षीया एक युवतीमाथि फरक-फरक समयमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्