जबर्जस्ती करणी गरी फरार बनेका राना पक्राउ

जनता अभियान आइतबार, आश्विन ०७, २०८०

जबर्जस्ती करणी गरी फरार भएका ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बा पक्राउ परेका छन्।

बाराको निजगढ नगरपालिका-१२ रतनपुर निवासी ११ बर्षिय बालिकालाई शुक्रबार साँझ करणी गरी फरार भएका लुम्बालाई भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

घटनाको सुचना आधारमा रतनपुर पोस्ट र ईलाका प्रहरी निजगढबाट खटेको प्रहरीको टोलीले रगत बगेको अवस्थामा बालिकाको उद्धार गरी उपचारको लागी नारायणी अस्पताल बिरगन्ज पठाईएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताएका छन्।

आमा घर बाहिर काम गर्न गएको अवस्थामा अपाङ्ग बालिकालाई शुक्रबार जबर्जस्ती करणी गरी लुम्बा फरार थिए।

पक्राउ परेका रानालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्