तरकारी बोकेर दाङ जाँदै गरेको जिप सल्यानमा दुर्घटना, दुई जनाको मृत्यु

जनता अभियान सोमबार, आश्विन ०८, २०८०

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते छन्।

रोल्पाबाट दाङतर्फ तरकारी बोकेर जाँदै गरेको जिप सोमबार बिहान दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जिप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको बताए।

रा१च १०१५ नम्बरको सिंगल क्याप जिप बिहान सवा ६ बजे कपुरकोट गाउँपालिका-३ चोरखोलानजिक सेतापैरास्थित राप्ती राजमार्गमा अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुबै मृतक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरूको सनाखत हुन नसेकेको कार्कीले बताए।

दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका-२ का नारायण योगी गम्भीर घाइते भएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्