जनता अभियान बुधबार, आश्विन १०, २०८०

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाटन नगरपालिका-८ हरिचनका ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।
दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गएराती २ बजे उनलाई गाडीले ठक्कर दिएको हो।
ठक्कर दिएको गाडीको नम्बर भने नखुलेको प्रहरीले जनाएको छ।
गाडीको ठक्करबाट महराको मृत्यु भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको थियो।
महरा आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए।
यहाँ कमेन्ट गर्नुहोस्