जनता अभियान बुधबार, आश्विन १०, २०८०

महाबु गाउँपालिका-२ टुसारापानीबाट १ थान चाइनिज पेस्तोल, सोको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, हत्कडी १ थान र चेस्ट प्लेटमा प्रसनि लेखिएको कालो चुस्ता १ जोर बुधबार बिहान प्रहरीले बरामद गरेको छ।
बाँके डुडुवा गाउँपालिका-६ आसमानपुर हिरमिनियास्थित जयन्दु बाल सुधार गृहबाट भागी फरार रहेका दैलेख महाबु गाउँपालिका-२ वतन भएका १ जना बालबन्दीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी गैडाबाजबाट खटिएको प्रहरीलाई देखेपछि ती बालबन्दीले झोला फाली फरार भएपछि झोला जाँच गर्ने क्रममा उक्त हतियार र सामग्री फेला पारी बरामद गरेको हो।
तत्काल खोजी गर्ने क्रममा महावु गाउँपालिका-२ मात्मको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा ती बालबन्दीलाई २ थान मोबाइल र ५० रूपैयाँको रिचार्ज कार्ड ११ पिससहित प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।