जनता अभियान बिहिबार, आश्विन ११, २०८०

पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार भएको छ।
काठमाडौं पञ्चकन्यास्थित कोठामा प्रधानका पिएसओ लक्ष्मण चौधरीकी श्रीमतीको कोखामा गोली लागेको प्रहरीले बताएको हो।
बुधबार राति करिब पौने १० बजे चौधरीकी श्रीमती शर्मिलामाथि गोली प्रहार भएको प्रहरीले बताएको छ।
उनलाई अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
गोली लागेकी शर्मिला गम्भीर घाइते भएको बताइएको छ। उनको कोखामा गोली लागेको प्रहरी स्रोतले बताएको छ।
गोली कसले हान्यो भन्ने खुलेको छैन। प्रहरीले शर्मिलाको अवस्था सामान्य रहेको बताएको छ।
प्रधानको निवास महाराजगञ्जमा छ। चौधरीको कोठा पनि त्यहीँ नजिकै हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यहाँ कमेन्ट गर्नुहोस्