रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ

जनता अभियान शुक्रबार, आश्विन १२, २०८०

आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० बस्ने २८ वर्षीय रामबहादुर चमार र बन्दीपुर गाउँपालिका-५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले बिहीबार चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई रोलरबाट एक सय दश लिटर डिजल चोरी गरी बा२०च ७४९ नम्बरको हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्