साफ यू-१९ फुटबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने

जनता अभियान शुक्रबार, आश्विन १२, २०८०

काठमाडौंमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्ने भएका छन्।

अण्डर नाइन्टीन साफ च्याम्पियनसिपको फाइनल शनिबार अपरान्ह त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा हुनेछ। फाइनल अघि शुक्रबार रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दावी गरेका छन्।

हरेक खेलमा टीमको फरक फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ।

सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो। त्यस्तै सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए।

यहाँ कमेन्ट गर्नुहोस्