जनता अभियान आइतबार, आश्विन १४, २०८०

राप्रपा नेपालले आज पर्साको वीरगन्जमा सभा गर्ने भएको छ। घन्टाघरनजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पूर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष रावीव पराजुलीले जानकारी दिए।
पूर्वमन्त्रीसमेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरूमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्ने छौं, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ,’ उनले भने।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए।
सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरू राजीव पराजुली, तारानाथ लुइँटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौलालगायत नेताहरूले सम्बोधन गर्ने पार्टीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्