जनता अभियान मंगलबार, आश्विन १६, २०८०

स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाभर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यू जारी गरेको बताइएको छ।
पछिल्लो समय नेपालगञ्जमा धार्मिक सद्भाव खल्बलिएकाले स्थिति शान्त नहुञ्जेलका लागि कर्फ्यू आदेश जारी गरिएको आचार्यले बताए।
त्यहाँ हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भइरहेको छ। प्रशासनले धार्मिक सद्भाव नबिथोल्न भन्दै कारबाही गर्ने चेतावनी दिएको भोलिपल्ट कर्फ्यू लगाएको हो।
यहाँ कमेन्ट गर्नुहोस्