जनता अभियान मंगलबार, आश्विन १६, २०८०

नेकपा एमाले कोसी प्रदेशको अध्यक्षमा नेता घनश्याम खतिवडा निर्वाचित भएका छन्।
सोमबार रातिको अन्तिम मतपरिणाम अनुसार खतिवडाले विनोद ढकाललाई ७३ मतान्तरले पराजित गरेका हुन्।
निर्वातित खतिवडाले ५१२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी विनोद ढकालले ४३९ मत पाएका छन्।
खतिवडालाई एमाले अध्यक्ष केपी ओलीले समर्थन गरेका थिए।
खतिवडा मोरङ-१ बाट निर्वाचित पूर्वसांसद तथा नेकपा एमाले कोसी प्रदेश सचिवालय सदस्य हुन्।
ढकाल एमाले केन्द्रीय कमिटी सदस्य हुन्। ढकाल गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट पराजित थिए।
खतिवडा पनि गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।
खतिवडा सहकारी अभियन्ता हुन्। उनी मोरङ लेटाङका बासिन्दा हुन्।
खतिवडा २०५४ सालमा एमालेबाट छुट्टिएर बामदेव गौतमले माले गठन हुँदा त्यहीँ समाहित भएका थिए।
गुण्डा नाइके पर्शुराम बस्नेतको आपराधिक गतिविधिको विरोध गर्दा उनी एमालेबाट झन्डै निष्काशनमा परेका थिए।
पछिल्लो समय नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भए पनि उनी एमालेमै रहेका थिए।
पर्शुराम बस्नेतको आपराधिक सञ्जालविरूद्ध अभियानमा होमिएका खतिवडालाई भने उनै बस्नेतले यसपालि समर्थन गरेका थिए।
आपराधिक दुनियाँमा भयानक सहयोग गरे पनि पछिल्लो समय ढकाल र बस्नेतबीच तिक्ततापूर्ण सम्बन्ध थियो।
ढकाललाई गत प्रतिनिधिसभामा हराउन बस्नेत लागिपरेका थिए। बस्नेतलाई प्रदेश सभामा पराजित गर्न ढकाल लागिपरेका थिए।