आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक पक्राउ

जनता अभियान सोमबार, आश्विन २२, २०८०

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।​

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका छन्।

मलेसियन एयरलाइन्सबाट आएका उनी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्।

उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्