दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो

जनता अभियान सोमबार, आश्विन २२, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।

सोमबार दिउँसो प्रसाईंमाथि अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन्।

काठमाडौंको जमलस्थित प्रसाईंलाई एक होटलमा दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए। कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन्।

प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए।

कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्