ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

जनता अभियान मंगलबार, आश्विन २३, २०८०

मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत-२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन्।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्