हमास विरुद्ध सशक्त कारबाही सुरु भएको इजरायली प्रधानमन्त्रीको घोषणा

जनता अभियान मंगलबार, आश्विन २३, २०८०

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको बताएका छन्।

हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गर्ने हमास लडाकुको धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको जनाएको हो। बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताएका छन्।

हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ। मृतकमध्ये केही विदेशी नागरिक पनि छन्। हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।

त्यस्तै इजरायली आक्रमणमा परी करिब ७ सय प्यालेस्टिनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको पनि दावी गरेका छन्।

इजरायलले यसअघि नै गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिइसकेको छ। हमास समूहले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन,विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्