विनोद मेहता बुधबार, आश्विन २४, २०८०

उर्लाबारीमदन भण्डारी स्मृती प्रतिस्ठान नेपाल स्कुल अफ एग्रिकल्चर मा.वि .एस.सि.एजि. दोश्रो सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा बुधबार उर्लाबारी ५ मा रहेको स्कुल अफ एग्रिकल्चरमा द्विप प्रज्वलन सहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
युद्धग्रस्त इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थीहरुको आत्माको चिर शान्तिको कामना गर्दै बुधबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको विधार्थी अमित यादवले जानकारी दिए ।
प्रतिस्ठानका कार्यकारी निर्देशक डा. रामचन्द्र पान्डेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा स्कुल अफ एग्रिकल्चरका भाइस प्रिन्सिपल डा. मोदराज आचार्य, वि.एस.सि.एजि. का को अर्डिनेटर गोबिन्दराज सेडाइ लगायत क्याम्पसका प्रशिक्षक लगायत विधार्थिहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बिगतमा आफू पनि केही नया कुरा सिक्नको लागि इजरायल गएको कार्यकारी निर्देशक पाण्डेले बताउनु भयो । हरेक विधार्थिहरुको भबिस्य विशेष गरि कृषि विषय अध्ययन गर्ने विधार्थिहरुको भबिस्य नेपालमै सुनिश्चित गर्नुपर्ने सरकारको मुल दायित्व रहेको बताएका छन।
तत्काल युद्ध विराम गरिनुपर्ने, शान्ति कायम राख्नुपर्ने र नेपाल सरकारले बाकी घाइते लगायत सुरक्षीत स्थानमा रहेका ती तमाम नेपाली विधार्थिहरुको उद्वारमा पहल गर्नुपर्ने बताएका छन । गत शनिबार प्यालेष्टाइनको हमास समुहद्वारा इजरायलमा गरिएको आक्रमणमा परी नेपालको विभिन्न विश्व- विद्यालयहरुबाट कृषि बिषय अध्ययनरत विद्यार्थीहरु पढ्दै र सिक्दै गर्नको लागि गएका १० जना नेपाली विद्यार्थीहरुको दुःखद निधन भएको थियो ।
बाकी रहेका विद्यार्थीहरुलाइ इजरायलि सेना द्वारा स्कर्टिङ गरि सुरक्षीत स्थानमा राखिएको छ भने उक्त विधार्थिहरुलाइ सरकारले उद्दार गरि आफ्नै देश फर्काउने आश्वासन दिए पनि हालसम्म उद्दार गराउन भने सकेको छैन ।