नापी कार्यालय भद्रपुरका सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ

जनता अभियान सोमबार, आश्विन २९, २०८०

नापी कार्यालय भद्रपुरमा कार्यरत् सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव पक्राउ परेका छन्।

जग्गाको कित्ताकाट गरेबापत् सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुबैलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले बताए।

उनीहरूको साथबाट ७० हजार नगद र ४४ हजारको चेक बरामद भएको दाहालले बताए।

उनीहरू घुस लिइसकेको अवस्थामा भद्रपुर नगरपालिका-७ चन्द्रगढीमा पक्राउ परेको दाहालले बताए।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्