एमाले छोडेपछि प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट

जनता अभियान बुधबार, कार्तिक ०१, २०८०

जनकपुरधाम रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा साह नेकपा एमालेबाट निर्वाचित भएपनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन्। साह आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन्।

साहले भने आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवादन गर्ने प्रतिक्रिया दिएकी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्