कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

जनता अभियान बुधबार, कार्तिक ०१, २०८०

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

सत्तारुढ गठबन्धनबाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन्।

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्। जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आव्हान गरिएको छ।

कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्