कोशीका मुख्यमन्त्री कार्कीले पाए भारी बहुमत

जनता अभियान बुधबार, कार्तिक ०१, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुईतिहाइ बढी सांसदहरूको समर्थनसहित कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको विपक्षमा राप्रपाका ५ सांसदहरू रहेका थिए।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्