नेपाल प्रहरीमा इन्सपेक्टर र असईमा भर्ना आह्वान

जनता अभियान शुक्रबार, कार्तिक ०३, २०८०

पाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना आह्वान गरिएको छ।

एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कारयालयले इन्सपेक्टरमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई)मा २६० जना माग गरेको हो।

दरखास्त फारम कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको प्रधान कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक पदमा २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ। प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ।

प्रहरी निरीक्षक पदमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षक पदमा भर्ना हुन चाहनेले १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्छ।

प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्छ। प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाण पत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्