काठमाडौंको असनमा २ भरिया मृत फेला

जनता अभियान शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौंको असनमा २ जना व्यक्ति मृत फेला परेका छन्।

असन-न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्