दमकबाट ब्राउन सुगरसहित चार जना पक्राउ

जनता अभियान शुक्रबार, कार्तिक ०३, २०८०

झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा २४ बर्षीय समिर गजमेर, २४ बर्षीय रोशन माझी, सोही स्थान ६ का २९ बर्षीय रोशन बुढाथोकी र ईलाम चुलाचुली गाउँपालिका ४ का २३ बर्षीय सागर लिम्बु रहेका छन्।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विहिबार उनिहरुलाई दमक नगरपालिका-५ सुकुम्बासी टोलबाट ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्