कुशल र दीपेन्द्रको विस्फोटक ब्याटिङ, हङकङलाई २१४ रनको लक्ष्य

जनता अभियान शनिबार, कार्तिक ०४, २०८०

कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।

टी-२० आईमा पाँचौ विकेटका लागि नेपालको यो नै उच्च साझेदारी हो । यसअघि पाँचौ विकेटका लागि रोहित पौडेल र गुल्सन झाले १९औं एसियाडमा माल्दिभ्सविरुद्ध ७० रनको साझेदारी गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्