जनता अभियान आइतबार, कार्तिक ०५, २०८०

रौतहटमा हात्तीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ।
शनिबार चन्द्रपुर नगरपालिका-५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रणमा परेर सोही ठाउँका ५४ वर्षीया अधनया देवी र पनावतीकुमारी चौधरी घाइते भए पनि मनियादेवी कुमर बेपत्ता थिइन्।
हात्तीको आक्रमणपछि बेपत्ता भएकी मनियादेवीको नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज बिहान साढे ७ बजे जंगलमा शव फेला परेको हो।
पोस्टमार्टमका लागि शव गौरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले बताए।
यहाँ कमेन्ट गर्नुहोस्