जनता अभियान मंगलबार, कार्तिक ०७, २०८०

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३-००१ ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई मकवानपुरमा दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते भएका छन्।
इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा मंगलबार बिहान ३ः३० बजेको समयमा दुर्घटना भएको हो।
घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
सुमो चालक २५ वर्षिय अनिलकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्