जनता अभियान बिहिबार, कार्तिक ०९, २०८०

जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ।
काठमाडौंको वीर अस्पतालमा उपचाररत ३८ वर्षीय यादवको मंगलवार राति निधन भएको हो। उनी करिब डेढ महिनादेखि नर्भिक अस्पतालमा उपचाररत थिए।
स्वास्थ्य गम्भीर भएपछि उनलाई मंगलवार दिउँसो मात्रै वीर अस्पताल रेफर भएकपछि उनको निधन भएको हो।
बाराको परवानीपुर घर भएका यादव मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। अल्पायूमै उनको निधनपछि जसपा नेताहरु दुस्ख व्यक्त गरेका छन्।
यहाँ कमेन्ट गर्नुहोस्