जनता अभियान शुक्रबार, कार्तिक १०, २०८०

अवैध लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्