जनता अभियान सोमबार, कार्तिक १३, २०८०

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा सिंगापुरले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडन सफल भएको हो।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए। त्यस्तै मनप्रित सिंहले २०, अक्षय रुपक पुरीले १३ र जनक प्रकाशले ७ रन जोडे।
बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए। ४ ओभर बलिङ गरेका बोहराले ४३ रन खर्चेर तीन विकेट लिए। यस्तै गुलसन झा, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए।
१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले केही समयमा जवाफी ब्याटिङ गर्ने छ।
यहाँ कमेन्ट गर्नुहोस्