गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको निर्देशन

जनता अभियान सोमबार, कार्तिक १३, २०८०

नेपाल प्रहरीको प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी हेडक्वार्टरले बुधबार गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सूचना सार्वजनिक गर्दै ७ दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको हो।

अन्यथा ७ दिनभित्र कार्यालयमा हाजिर नभए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

हेर्नुहोस् गैरहाजिर भएका विवरण

यहाँ कमेन्ट गर्नुहोस्