जनता अभियान बुधबार, कार्तिक १५, २०८०

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।
प्रहरीले लागुऔषध कारोबारी भारत पश्चिम बंगालका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
प्रहरीले पक्राउ परेका करिमको साथबाट एउटा पेस्तोल, दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हानेको गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए।
यहाँ कमेन्ट गर्नुहोस्