रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

जनता अभियान बिहिबार, कार्तिक १६, २०८०

योगराज अर्थात रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए।

चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो।

पूर्ण इजलासले रिगललाई तत्काल पक्राउ गर्ने आदेश जारी गरेको निवेदकको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्